एसईई २०८१: ४८ हजारले ३.६ भन्दा माथि जीपीए

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८१ को नतिजाअनुसार ४ लाख ३८ हजार ८९६ जना नियमित परीक्षार्थीमध्ये ४८ हजार १७७ जनाले ३.६ देखि ४ जीपीए हासिल गरेका छन्।

त्यस्तै, ३.२ देखि ३.६ जीपीए ल्याउने ८१ हजार ३८५ जना, २.८ देखि ३.२ बीचका ९९ हजार १२४ जना रहेका छन्। यसैगरी, २.४ देखि २.८ जीपीए ल्याउने ४८ हजार ४७९ जना, २ देखि २.४ बीचका ४ हजार १२६ जना र १.६ देखि २ जीपीए ल्याउने ८ जना मात्र छन्।

बोर्डका अनुसार १२६ परीक्षार्थीको परीक्षा रद्द गरिएको छ।