कर्णाली मन्त्रिपरिषद्का चार निर्णय : सचिव र निर्देशकको कार्यवाहक नियुक्ति

सुर्खेत । कर्णाली प्रदेश सरकारले चार वटा निर्णय गरेको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय सार्वजनिक गरेको हो।

उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयमा रिक्त सचिव पदमा कार्यवाहक सचिव तोक्ने निर्णय गरिएको छ। यद्यपि कसलाई नियुक्त गरिने भन्ने खुलाइएको छैन। यता, कर्णाली प्रदेश प्रशिक्षण प्रतिष्ठानमा कार्यकारी निर्देशकको रूपमा एक व्यक्तिलाई कामकाजका लागि खटाउने निर्णय पनि गरिएको छ।

यस्तै, प्रदेश सरकारले वार्षिक कार्यक्रम अन्तर्गत दुई शीर्षकबाट स्थानीय तहलाई रकम निकासा दिन अख्तियारी पठाउने निर्णय गरेको छ। भने ‘कर्णाली प्रदेश आमसञ्चार तथा सूचना प्रविधि सम्बन्धी विधेयक, २०८२’ लाई आवश्यक संशोधनसहित प्रदेश सभामा पेश गर्न स्वीकृति प्रदान गरिएको छ।