खार्पुनाथ गाउँपालिका बालश्रम तथा बालविवाह मुक्त घोषणा, जिल्लाको पहिलो

सिमकोट । हिमाली जिल्ला हुम्लाको खार्पुनाथ गाउँपालिका बालविवाह तथा बालश्रम मुक्त पालिका घोषणा भएको छ। शनिवार गाउँपालिका केद्र याङ्चुबगरमा एक कार्यक्रम गर्दै घोषणा गरेको हो।

कर्णाली प्रदेश राजधानी सुर्खेतमा रहेेकापुर्वमुख्यमन्त्री जीवन बहादुर शाहीले भुर्चुअल माध्यमबाट कार्यक्रमलाई सम्बोधन गर्दै उक्त घोषणा गरेका हुन् । बीस वर्ष मुनीका बालविवाह गर्ने कोही पनि बालबालिका नहुँनु र बालश्रम गर्ने बालबालिका नभेटिएको कारण गाउँपालिकालाई दुवै कार्य मुक्त घोषणा गरिएको हो ।

गाउँपालिकाका पाँच वटै वडालाई बालश्रम तथा बालविवाह मुक्त घोषणा गरिसकेको थियो । सवै अनुसुची भरेर घोषणा गर्नका लागि मन्त्रालयको स्वीकृतको लागि पत्र पठाएको र मन्त्रालयबाट पनि घोषणा गर्न सहमति आउदा घोषणा गरिएको हो ।

सबै सुचक र प्रकृया पुरा भएपछि शनिबार एक कार्यक्रमको आयोजना गरेर औपचारिक रुपमा सिङ्गो गाउँपालिका नै घोषणा गरिएको प्रशासकीय अधिकृत बिष्णु बहादुर शाहीले बताए । अब उपरान्त बालविवाह गर्ने र गराउनेलाई कानूनी दायरामा ल्याउने र त्यस्ता कार्य गर्नै नदिने बातबारण निर्माणका लागि जनप्रतिनिधि, कर्मचारी, शिक्षक, विद्यार्थी , नागरिक समाज लगायत सर्वसाधारणले प्रतिबद्धता पत्रमा हस्ताक्षर गरेका थिए ।

उक्त गाउँपालिकामा २० वर्ष मुनीका १ हजार २ सय र १८ वर्षमुनीका १ हजार ५५ जना बालबालिका रहेका छन । बालश्रम र बालविवाह मुक्त खार्पुनाथ गाउँपालिका जिल्लाको पहिलो गाउँँपालिका भएको छ । कार्यक्रममा ढाल तरबार नाच, देउडा र विद्यार्थीद्वारा साँँस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको थियो।

कार्यक्रममा गाउँपालिका कर्मचारी, जनप्रतिनिधि, प्रमुख जिल्ला अधिकारी नारायण पाण्डे, जिल्ला समन्वय समिति प्रमुख शिवराज शर्माका साथै विभिन्न संघ संस्थाका प्रमुख एवम् प्रतिनिधि लगायत स्थानीयवासिको बाक्लो उपस्थिति रहेको थियो।