२ दिने एकीकृत निशुल्क स्वास्थ्य शिविर सम्पन्न, ४ सय बढीले पाए सेवा

सिमकोट । हुम्लाको सिमकोट गाउँपालिका १ र २ नम्बर वडामा सञ्चालन भएको एकिकृत निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ। हेल्थ अस मेडिकल सेन्टरको सहयोग र सिमकोट गाउँपालिका स्वास्थ्य शाखाको समन्वयमा सञ्चालित २ दिने शिविर मंगलबार सम्पन्न भएको हो ।

सोमबार ठेहे स्वास्थ्य चौकीबाट सुरु भएको शिविर कुम्लिक सामुदायिक स्वास्थ्य ईकाईमा सम्पन्न भएको थियो। स्वास्थ्य चौकीमा १ सय ३० जना महिला र ७५ जना पुरुष गरी गरि २ सय ५ जनाको परिक्षण गरिएको हेल्थ अस मेडिकल सेन्टरका प्रमुख नारायण फडेराले बताए। भने स्वास्थ्य ईकाईमा १ सय ४४ महिला, ८८ पुरुष , १० बर्ष मुनिका बालिका ११ र बालक १० गरि २ सय ५३ जनाको परिक्षण गरिएको जानकारी दिए।

१२ जना विरामिलाई भने जिल्ला अस्पताल हुम्लामा रिफर गरिएको थियो। शिविरमा जिल्ला अस्पतालबाट डाक्टरहरु छक्क थापा, मंगल बुढा र बिरेन्द्र शाहीले सेवा दिएका थिए । हेल्थ सेन्टरबाट फडेरा र कार्यलय सहयोगि विमला रावतको उपस्थित थियो भने स्वास्थ्य चौकीका कर्मचारी र स्वास्थ्य ईकाईका कर्मचारीले सेवा दिएको हेल्थ सेन्टर प्रमुख फडेराले बताए।