रलिङ्ग गुम्बामा स्वास्थ्य क्याम्प सञ्चालन, सय बढीले लिए सेवा

हुम्ला। आज (बुधवार) बाट सुरु भएको रलिङ्ग गुम्बा मेलालाई मध्यनजर गर्दै स्वास्थ्य क्याम्प सञ्चालन गरिएको छ। सिमकोट गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा उक्त क्याम्प सञ्चालन गरेकाे हो।

करिब चार हजार मिटर उचाइमा रहेकाे गुम्बामा मेला लाग्ने भएकाले दर्शनार्थीमा लेक लाग्ने समस्या बढी हुने भन्दै सो क्याम्प सञ्चालन गरेकाे गाउँपालिका स्वास्थ्य शाखा स्राेतले बताएकाे हो।

दुई दिनसम्म लाग्ने मेलामा प्राथमिक उपचारका सबै सेवा, ज्वराे आउने, टाउकाे दुख्ने लगायतका सेवा उपलब्ध छन्। आज मात्रै करिब १ सय ६७ जनालाई सामान्य चेक जाँचका साथै औषधि वितरण गरेको ठेहे स्वास्थ्य चौकीका प्रमुख दान बहादुर बोहराले जानकारी दिए।

क्याम्प आज रलिङ्ग गुम्बामा र भाेलि (विहिवार) तोग्रामा सञ्चालन हुने समेत प्रमुख बोहराले बताए। यसका लागि ठेहे स्वास्थ्य चौकी प्रमुख बोहरा सहित कार्यालय सहयोगि र सामुदायिक स्वास्थ्य ईकाई कुम्लिकमा कार्यरत २ जना स्वास्थ्यकर्मी गरि ४ जनाकाे टाेली खटिएका छन्।

बाैद्द धर्मावलम्बीकाे ठूलाे पर्वका रुपमा रहेकाे उक्त मेला हरेक वर्ष जेठ शुक्ल पूर्णिमामा लाग्ने गर्दछ ।