सिमकोट। तिब्बत र हुम्लाको सिमाना हिल्सा नाकाबाट ४ जना विदेशी नागरीकको उद्वार गरिएको छ। पोखराबाट उडेको मनाङ्ग एअरको 9N-AOE नम्बरको हेलिकप्टरले उद्वार गरेर सिमकोट विमानस्थलमा ल्याएको हो।
जेठ २८ गते बुधवार वेलुुका करिब ३ बजेर ५ मिनेटको समयमा हिल्साबाट सिमकोट विमानस्थलमा ल्याईएको छ। लेख लागेर विरामि परेका नागरिक JAYSHRI AKSHATKUNAR PATTEL (USA) , र NITE JAYENDRA PATEL (USA) रहेका छन् । भने अर्का २ जना उनीसँगै आएका JAYENDRA PATTEL (USA), AMI HIRALAL KHATRI (USA) को पनि सँगै उद्वार गरिएको नागरिक उड्डयन प्राधिकरण शाखा कार्यालय सिमकोटले जनाएको छ।
उक्त नागरिकहरु केरुङ्ग नाका हुदै चिनको पुराङ् काउन्ट्रि आएका बेला चीनको ताक्लाकोटमा लेख लागेर बिरामि भएका थिए। विरामिको चीनबाट भन्दा नेपालबाट उद्दार सहजै हुने भयपछि सदरमुकाम सिमकोट ल्याइएको हो । भने अहिले सिमकोट विमानस्थलबाट हेलिकप्टर उढेर सुर्खेत हुँदै काठमाडौं लिने जानकारी प्राप्त भएको छ।