हुम्ला । ११ बर्षिया बालिका घरबाट हराएकी छन् । हुम्लाको सिमकोट गाउँपालिका–७ धारापोरीकी सुनसरी सिंह हराएकी हुन् ।
जेठ २६ गते सोमबार बेलुका ५ बजेको समयमा घरबाट हराएको बुबा देवि सिंहले जानकारी दिएका छन्। सोध खोज गर्दै घर आउने आशामा बसेका परिवार रात वितिसक्दा पनि नआएपछि जेठ २७ गते मंगलबार नजिकैको प्रहरी चौकी धारापोरीमा जानकारी गराएको सिंहले बताएका छन्।
स्थानियवासी र प्रहरी चौकीले खोजी कार्यलाई तिब्र रुपमा गरिरहेको जानकारी प्राप्त भएको छ। छोरी हराएको दुई दिन वितिसक्दा पनि अझै फेला परेकी छैनन्। भेट्नु हुने महानुभावले नजिकको प्रहरी चौकीमा खबर गरी सहयोग गरिदिन बुबा सिंहले सबैसँग आग्रह गरेका छन् ।