रलिङ्ग मेलाको अवसरमा सिमकोटले दियो स्थानिय विदा 

सिमकोट । हुम्लाको सिमकोट गाउँपालिकाले जेठ २८ गते बुधवार सार्वजनिक बिदा दिएको छ । जेठ शुक्लपुर्णिमा अर्थात रलिङ्ग मेलाको अवसरमा पालिका भर  स्थानिय विदा दिएको हो।

गाउँपालिकाको २ र ३ वडामा पर्ने प्रसिद्ध धार्मिक, ऐतिहासिक स्थल रलिङ्ग गुम्बामा धार्मिक मेला लाग्ने हुदा बिदा दिइएको गाउँपालिकाले जनाएको छ ।

२ दिन सम्म लाग्ने मेला हेर्न जिल्लाका विभिन्न पालिकाका मानिसहरू रलिङ्ग गुम्बा जाने गर्दछन् ।