सिमकोट। हुम्लाको सिमकोट गाउँपालिका २ ठेहेमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने भएको छ । गाउँपालिकासँगको समन्वय र हेल्थ अस मेडिकल सेन्टरको सहयोगमा जेठ २६ गते सोमबार शिविर सञ्चालन हुन लागेको हो ।
शिविरबाट सामान्य चेकजाँच , बाल रोग , भिडियो एक्सरे,स्त्री रोग, नाक, कान घाँटी र सुगर परीक्षण साथै अन्य सेवाहरु प्रदान गरिने ठेहे स्वास्थ्य चौकी प्रमुख एवं जनस्वास्थ्य निरिक्षक दान बहादुर बोहराले जानकारी दिए । जिल्ला अस्पताल हुम्लामा कार्यरत चिकित्सकहरुको टोलीबाट उक्त उपचार गरिने उल्लेख छ।
साथै शिविर विहान १० बजे देखि ४ बजे सम्म ठेहे स्वास्थ्य चौकीको प्राङ्गणमा सञ्चालन हुने छ। वडा न १, २ र ३ का नागरिकलाई सेवा लिई लाभान्वित हुन प्रमुख बोहराले आग्रह समेत गरेका छन् ।