सुर्खेत । भेरी नदीमा पौडी खेलेका दुई बालबालिका बेपत्ता भएका छन्। शुक्रबार दिउँसो करिब २ बजेको समयमा उक्त घटना घटेको जनाएको छ ।
जाजरकोटको नलगाड नगरपालिका–८ मनमै नजिक भेरी नदीमा पौडी खेल्ने क्रममा बालबालिका बेपत्ता भएका जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ । प्रहरीका अनुसार जाजरकोटको नलगाड नगरपालिका–८ मनमै र रुकुमपश्चिमको आठबिसकोट नगरपालिका जोड्ने भेरी पुल नजिकै जाजरकोटका ३ बालबालिका पौडी खेल्न गएका थिए।
बेपत्ता हुनेमा जाजरकोटको नलगाड नगरपालिका–८ मनमैका १० बर्षीय बालक महेश कुसारी र १२ वर्षीय बालिका आशा कुसारी रहेको प्रहरीले जनाएको छ।
उनिहरुसँगै पौडी खेल्न सोही ठाउँकी बालिका भगवती नेपाली गएकी थिइन्। उनी नदीमा पौडी खेल्दा बगेको अवस्थामा उद्धार गरेर आठबीसकोट नगरपालिकामा रहेको स्थानीय अस्पतालमा उपचार भइरहेको छ।
बेपत्ता बालबालिकाको खोजीमा स्थानीय नागरिक तथा सुरक्षाकर्मीहरु खटिएका छन्।