कर्णाली। कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम प्रस्तुत गर्ने भएको छ । सुदूरपश्चिमका प्रदेश प्रमुख नजिर मियाँले उक्त नीति तथा कार्यक्रम प्रस्तुत गर्दैछन्।
कर्णालीका प्रदेश प्रमुख यज्ञराज जोशी एक साता अघि उपचारका लागि अमेरिका गएकाले मियाँले नीति तथा कार्यक्रम प्रस्तुत गर्ने भएका हुन्।
प्रदेशसभाको छैटौँ अधिवेशनको बैठक आज दिउसो ३ः०० बजे बस्ने प्रदेशसभा सचिवालयले जनाएको छ ।