कालिकोट। जिल्लाको नरहरिनाथ गाउँपालिकामा २ दिने सामुदायिक बिउ बैंक स्थापना तथा ब्यबस्थापन तालीम सम्पन्न भएको छ। कृषि विकास शाखाको आयोजना र सहयोगी हातहरुको समुह (सहास) नेपाल पाइला परियोजना कालिकोटको समन्वयमा उक्त तालिम सम्पन्न भएको हो।
गाउँपालिका र सहास नेपालको सहजिकरणमा गठित विभिन्न समुहका सदस्य, वडा स्तरिय मुल समितिका सदस्य, सञ्जाल संस्थाका पदाधिकारी, जनप्रतिनिधि, शाखाका प्रमुख तथा प्रतिनिधिको सक्रिय सहभागितामा तालिम सञ्चालन भएको थियो। तालिममा स्थानीय कृषकहरूलाई बीउ संरक्षण तथा व्यवस्थापनसम्बन्धी सीप अभिवृद्धि गर्ने, बिउ संकलन, छनोट, प्रशोधन, परीक्षण, भण्डारण र बिउ बैंक सञ्चालनको बारेमा जानकारी गराएको (सहास) परियोजना कालिकोटका वरिष्ठ जलवायु परिवर्तन शिक्षक वासुदेव रावतले बताए।
तालिम पश्चात स्थानिय स्तरमा पाईने वाली र विभिन्न रैथाने तथा स्थानिय प्रजातीको, संरक्षण गरि पालिकाका भित्रका कृषकहरु लाई बिउमा आत्म निर्भर बनाउनको लागि एक समिति समेत गठन गरिएको छ । सत्य बुढाको संयोजकत्वमा नौं सदस्यीय सुनथराली बातावरण संरक्षण सामुदायिक बिउ बैंक सञ्चालन तथा व्यवस्थापन समिति गठन गरिएको हो।
उक्त तालिमको प्रशिक्षण गाउँपालिका कृषि शाखा प्रमुख मिना महतारा, शाखा प्राविधिक सहायक भिम व वलीले गरेको रावतले बताए।