विपिन शर्माको कप्तानीमा कर्णाली प्रदेश यु- १६ टोली घोषणा

सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरमा हुने यू–१६ क्रिकेट प्रतियोगिताको लागि कर्णाली प्रदेशले १६ सदस्यीय टोली घोषणा गरेको छ। नेपाल प्रिमियर लिग (एनपीएल) बाट उदायका क्रिकेटर विपिनप्रसाद शर्माको कप्तानीमा टोली घोषणा गरिएको हो।

नेपाल क्रिकेट संघको आयोजना र कर्णाली प्रदेश क्रिकेट संघको सहआयोजनामा वीरेन्द्रनगरको कालिनचौक र वीरेन्द्रनगर क्रिकेट मैदानमा प्रतियोगिता सञ्चालन हुदैछ।

जेठ २१ गतेदेखि ३१ गतेसम्म चल्ने प्रतियोगितामा सातै प्रदेशका टोली सहभागी हुनेछन्।

१६ सदस्य टोलीको नाम यस्तो छ ।

विपिनप्रसाद शर्मा (कप्तान)

नवीन न्यौपाने

भुपेन्द्रजङ्ग शाही

कस्तुप खड्का

अफराज आलम

कुन्जन आचार्य

रोशन शाही

कैलाश खड्का

विजय बोहरा

नेत्रविक्रम खत्री

विजय शाही

यकेन्द्र बुढा

निश्चल हमाल

युवराज थापा

नमनसिंह थापा

कुशल डाँगी