हुम्ला । हुम्लाबाट एक जना सुत्केरीको हेलिकप्टरमार्फत उद्धार गरिएको छ । जिल्लाको अदानचुली गाउँपालिका- ४ रिल्मकी ३६ वर्षीया जर्म थापा (बुमी) लाई विहिवार उद्वार गरिएको हो।
नेपाली सेनाको NA 061 नम्बर हेलिकप्टरबाट उद्वार गरीएको छ। गाउँपालिकाको वडा नम्बर २ पुछेमडाडा बाट दिउँसो ३ बजेर २२ मिनेटमा प्रदेश अस्ताल कालागाउँ सुर्खेतका लागि उद्वार गरेको हो।
विहिवार विहान साडे १० बजेबाट थापालाई सुत्केरी बेथा लागेको थियो। त्यस लगत्तै उपचारका लागि थापालाई श्रीनगर स्वास्थ्य चौकी ल्याईए पनि उपचार हुन नसकेपछि थप उपचारका लागि सुर्खेत रिफर गरेको थियो।
जिल्ला प्रशासन, स्वास्थ्य सेवा कार्यालय, अदानचुली गाउँपालिका लगायतको पहलमा रास्ट्रपति महिला उथान कार्यक्रमले उद्वार गरेको हो । विरामीको अहिले प्रदेश अस्पतालमा उपचार भईरहेको जानकारी प्राप्त भएको छ।