५ महिना देखि कर्मचारी अनुपस्थित हुदा  सामुदायिक स्वास्थ्य ईकाई बन्द

सिमकोट। हुम्लाको खार्पुनाथ गाउँपालिका– ५ ताक्लामा रहेको ताक्ला सामुदायिक स्वास्थ्य ईकाइ बन्द रहेको छ । १ जना कर्मचारी (अहेव) कार्यरत भएपनि करिब ५ महिना देखि ईकाइमा उपस्थित नहुदा बन्द छ ।

गाउँपालिकाबाट सेवा सुविधा लिईरहेका अहेव जयन्द्र शाही स्वास्थ्य ईकाईमा उपस्थित नै नहुदा स्थानियलाई उपचारमा समस्या भएको स्थानिय काली ब बोहराले गुनासो गरेका छन्।

ताक्ला, बाम्टा र चौड गरी ७४ घरधुरीको लागि स्थापित स्वास्थ ईकाईमा कर्मचारी अनुपस्थित हुदा समस्या आएको बोहराले बताए। उनका अनुसार स्थानीयहरू सामान्य बिरामी हुँदा औषधि उपाचार गर्न कुम्लिक स्वास्थ्य ईकाई ४५ मिनेट र ठेहे स्वास्थ्य चौकी, ठेहेमा ३ घन्टाको समय खर्चिन बाध्य छन्। यसको जानकारी गाउँपालिकालाई बेला बेला गराउदा पनि अहिले सम्म समस्या समाधान नभएको बताए।

सिटामोल खान ३ घण्टा पैदल

सामान्य रुघाखोकी, ज्वरो, टाउकाे दुखेको बेला सिटामोल खोज्दै ३ घण्टा पैदल गर्न बाध्य भएका छन्। ५ महिनादेखि कर्मचारी कार्यालयमा उपस्थित नहुदा टाउको दुखेमा कि त्यसै छटपटाएर बस्न पर्यो कि त ३ घण्टा पैदलकमा ठेहे स्वास्थ्य चौकी धाउन पर्छ। भने ठुलो बिरामी हुदा त ५ घण्टा पैदलमा जिल्ला अस्पतालमा पुग्नु पर्ने बाध्यता छ बोहराले बताए।