सुर्खेत । राष्ट्रियस्तरकाे यु-१६ क्रिकेट प्रतियोगिता कर्णाली प्रदेश राजधानी वीरेन्द्रनगर सुर्खेतमा आयाेजना हुने भएकाे छ । नेपाल क्रिकेट संघकाे आयाेजना र कर्णाली प्रदेश क्रिकेट संघको सहआयोजनामा सञ्चालन हुन लागेको हो।
आगामी जेठ १९ देखि ३१ गतेसम्म वीरेन्द्रनगरको कालिन्चोक र वीरेन्द्रनगर क्रिकेट मैदानमा प्रतियोगिता हुन लागेकाे हाे ।कर्णालीमा पहिला पटक आयोजना हुन लागेको प्रतियोगितामा ७ वटै प्रदेशकाे सहभागिता हुनेछ भने लिग संस्करणमा २१ खेल खेलाईने आयाेजकले बुधवार पत्रकार सम्मेलन गर्दै जानकारी दिए।
एसियन क्रिकेट काउन्सिलकाे कार्यतालिका अनुसार आगामी जुनमा हुने एसिसि मेन्स यू-१६ कप २०२५ का लागि नेपाली टिम तयार पार्ने उद्देश्यले प्रतियोगिता आयाेजना गर्न लागिएकाे नेपाल क्रिकेट संघका केन्द्रीय काेषाध्यक्ष पदमबहादुर खड्काले बताए ।
प्रतियोगिताबाट राष्ट्रियस्तरका दुई टिम छनाैट गरिने समेत जानकारी दिए ।