काठमाडौं । संघीय संसद अन्तर्गत प्रतिनिधि सभाको बैठक आज बस्दैछ। विहान ११ बजेका लागि बोलाइएको बैठक संसद भवन नयाँबानेश्वरमा बस्नेछ।
आजको बैठकमा संस्कृतिक पर्यटन तथा नागरिक उड्यन मन्त्रालय , उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय र वन तथा वातावण मन्त्रालय सँग सम्बन्धित प्रश्नहरु सोधिने र सम्बन्धित मन्त्रीले जवाफ दिने कार्यसूची रहेको छ।
यस्तै, “कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको वार्षिक प्रतिवेदन २०८२” सोही समितिको सभापतिले पेश गर्नेछन्। यता बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले “आ.व २०८१/०८२ को आर्थिक सर्वेक्षण” पेस गर्ने कार्यसूची छ।
साथै ‘बालबालिका सम्बन्धि (पहिलो संशोधन) विधेयक, २०८२’ प्रस्तुत गर्ने कार्यसूची रहेको संघीय संसद सचिवालयले जनाएको छ।
यी र यस्तै कार्यसुची तय भएपनि प्रतिपक्ष दलहरुले सुरुमै गृहमन्त्री रमेश लेखकको राजिनामा माग्ने तयारी गरिरहेको बुझिएको छ।