हुम्ला । हुम्लाको नाम्खा गाउँपालिका-६ तिल गाउँमा ३ वटा हिमताल भेटिएका छन्। बाढी पहिरोको कारण पत्ता लगाउन हुम्ला पुगेको अध्ययन टोलिले उक्त हिमताल भेटिएका जनाएको हो।
अध्ययनको क्रममा ५ हजार ३ मिटर ५० उचाईमा तीनवटा हिमताल भेटिएको खानी तथा भू-गर्भ विभागका सिनियर डिभिजनल जिओेलोजिस्ट शिवकुमार बास्कोटले जानकारी दिए। यसअघि उक्त क्षेत्रमा २ वटा हिमताल देखिएको स्थानियले जनाएका थिए।
अध्ययन टोलीमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका सिनियर डिभिजनल इन्जिनियर सुशील कुमार श्रेष्ठ, खानी तथा भूगर्भ विभागका सिनियर डिभिजनल जियोलोजिष्ट बास्कोटा र जल तथा मौसम विज्ञान विभागका हाइड्रोलोजिष्ट सौहाद्र जोशी छन् ।
जेठ १ गते राति एक्कासी आएको बाढीले नाम्खा गाउँपालिका-६ तिल गाउँमा ठूलो क्षति पुगेको थियो। हिमालमा रहेका दुईवटा हिम पोखरीबाट बगेको पानीले बाढीको रुप लिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।