हुम्ला । चीनको पूराङ काउन्टी च्याल डिकोरेसन कम्पनीले सूचना प्रविधि सम्बन्धि समान सहयोग गरेको छ। हुम्लाको अदानचुली गाउँपालिकालाई उक्त सामग्री सहयोग गरेको हो ।
आइतबार गाउँपालिका अध्यक्ष माेहनबिकम सिंहसहितको टोली हुम्लाको हिल्सा नाका पुगेर ९० लाख मूल्य बराबरको उक्त सहयोग सामग्री बुझेका हुन् । अध्यक्ष सिंहका अनुसार सहयोग सामग्रीहरूमा कम्प्युटर, प्रिन्टर, प्राेजेक्टर लगायत सामग्री रहेका छन् ।