वाईसियल नेपाल कर्णाली प्रदेश अध्यक्षमा ओली निर्वाचित

सुर्खेत । नेकपा (माओवादी केन्द्र) को सहायक संगठन योङ्ग कम्युनिस्ट लिग (वाईसिएल) नेपालको प्रथम कर्णाली प्रदेश सम्मेलन सम्पन्न भएको छ। वैशाख २९ गते पार्टीका केन्द्रीय अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गरेको कार्यक्रम सम्पन्न भएको हो।

सम्मेलनबाट लक्ष्मण ओली (रूकुम पश्चिम) अध्यक्षमा निर्वाचित भएका छन्। यस्तै उपाध्यक्षमा प्रतिमा ओलि (सल्यान), हंस बस्नेत (जुम्ला) र बिशाल रोकाय (हुम्ला) निर्वाचित भए। भने सचिवमा लोकेन्द्र राना , सहसचिवमा दिपक बिष्ट , प्रेम बहादुर नेपालि, लामन प्रसाद रिजाल, सूर्य फडेरा, प्रयागराज दाहाल, रमेश बुढाथोकी र कृष्णा शाही निर्वाचित भएका छन्।

कोषाध्यक्षमा तिलक पाण्डे लगाएत ७१ सदस्यीय पदाधिकारी एवम् सदस्य निर्वाचित भएका हुन्।