माओवादी केन्द्र हुम्लाको “कर्णाली करिडोर अभियान” आजबाट सुरु

सुर्खेत । नेकपा माओवादी केन्द्र हुम्लाको “कर्णाली करिडोर अभियान २०८२” बिहीबारबाट सुरु हुने भएको छ। हुम्ला जागरण तथा समाजवादको लागि कवाडीबाट उक्त अभियानको उद्घाटन हुदैछ ।

कर्णाली करिडोरको अवस्था बुझ्दै जिल्ला का सबै गाउँपालिका समेट्ने उदेश्यका साथ यो अभियान सुरु हुन लागेको नेकपा माओवादी केन्द्र हुम्लाका पार्टी सचिव धर्मराज बोहरा (विज्ञान)ले जानकारी दिए । जसमा जेठ १ गते हुम्ला र बाजुराको सिमाना कवाडीबाट सुरु हुने अभियान जेठ २ गते अदानचुलीको गल्फागार्डमा कार्यक्रम हुनेछ ।

त्यस्तै ३ गते तुम्च हुँदै चंखेली गाउँँपालिकाको केन्द्र पिप्लाङ, ४ गते सर्केगार्ड गाउँँपालिकाको केन्द्र सर्केगार्ड र ५ गते खार्पुनाथ गााउपलिकाको केन्द्र याङ्चु बजारमा हुनेछ । भने जेठ ७ गते सिमकोट, ९ गते नाम्खा गाउँपालिकाको केन्द्र याल्वाङ र जेठ ११ गते नेपाल र चीनको सिमाना हिल्सामा अन्तिम कार्यक्रम गरेर अभियानको समापन गरिने सचिव बोहराले बताए।

पार्टीका जिल्ला, प्रदेश र केद्रीय समितिमा प्रतिनिधित्व गर्ने हुम्लाका नेताहरुको सोही अभियानमा सहभागिता रहनेछ । प्रत्येक गाउँपालिका कमिटीको संयोजकमा पालिका केन्द्रको कार्यक्रम सम्पन्न हुने समेत बोहराले जानकारी दिए।