सार्वजनिक विदाको दिन हुम्लाका विद्यालयमा पठनपाठन जारी

हुम्ला। सार्वजनिक विदाको दिन हुम्लाका अधिकाशं विद्यालय खुलेका छन्। बुद्ध जयन्ती तथा उभौली पर्वको दिन आज देशभर सरकारी कार्यालयहरु बन्द हुदा हुम्लाका विद्यालय खुलेका हुन् ।

जिल्लाको सदमुकाम सिमकोटमा रहेका बालमन्दिर माध्यमिक विद्यालय, मानसरोवर माध्यमिक विद्यालय लगायतका अन्य सरकारी विद्यालयमा आज पठनपाठन सञ्चालन भएको हो।

शिक्षक आन्दोलन परिचालन समिति, हुम्लाको वैशाख १८ गते बसेको वैठकले एक निर्णय गरेको थियो । जसमा “२३ दिन शिक्षण सिकाई क्रियाकलापमा बाधा परेकाले त्यसको पुर्तिका लागि सार्वजनिक तथा चाडपर्व बिदाका १४ दिन र हिउँदे बिदाका ९ दिन कटौती गरि २३ दिन नै पठनपाठन गरिने छ।”

सोही निर्णयको कार्यान्वय स्वरुप सार्वजनिक विदाको दिन पठनपाठन सुचारू भएको बुझिएको छ।