नेपाल टेलिभिजनको कर्णाली प्रदेश ब्युरो कार्यालय स्थापना

सुर्खेत । खस भाषाको समचार बुलेटिन प्रसारण र नेपाल टेलिभिजनको प्रदेश व्यूरो कार्यालय कर्णाली प्रदेशमा एकसाथ स्थापना भएको छ । रेडियो नेपाल सुर्खेत शाखामा सोमबार उक्त कार्यालय स्थापना भएको हो।

सूचना, सञ्चार तथा प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङ र कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले संयुक्तरुपमा कार्यालयको समुद्घाटन् गरेका हुन ।

नेपाली भाषाको उद्गम स्थल सिंजा राज्यको खस भाषालाई रेडियो नेपालको कर्णाली प्रादेशिक कार्यालयले २६ ओैं भाषाका रुपमा समाचार बुलेटिनका रुपमा प्रशारण गर्नेछ । प्रदेश राजधानी सुर्खेतको वीरेन्द्रनगरबाट सुभारम्भ भएको खस भाषाको प्रशारण कर्णाली प्रदेशका आठ एफएमसहित कोहलपुरस्थित टेलिभिजन प्रशारण केन्द्रबाट प्रशारण हुनेछ ।

कर्णालीको भाषा, संस्कृतीको संरक्षण, विकासमा टेवा पुर्याउने उदेश्यका साथ खस समाचार बुलेटिन राखिएको उल्लेख छ ।

कार्यक्रममा मन्त्री गुरुङ , मुख्यमन्त्री कडेल, वीरेन्द्रनगर नगरप्रमुख मोहनमाया ढकाल लगायतको उपस्थिति रहेको थियो।