सुर्खेत । योङ्ग कम्युनिष्ट लिग (वाईसीएल) नेपाल कर्णाली प्रदेशको प्रथम सम्मेलन आजबाट सुरु हुने भएको छ। सुर्खेतको वीरेन्द्रनगर पिपल चौतारामा हुने सम्मेलनको माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्घाटन गर्ने कार्यक्रम छ।
सम्मेलनका लागि कर्णाली प्रदेशका १० वटै जिल्लाका प्रतिनिधिहरु वीरेन्द्रनगर आईसकेको आयोजकले बताएको छ। कुल ८१७ प्रतिनिधिको उपस्थित रहने सम्मेलन २ दिन सम्म चल्ने छ।
सम्मेलनले वाईसीएल प्रदेश समिति निर्वाचित गर्ने र आगामी नीति तथा कार्यक्रम पारित गर्ने बताए । भने राष्ट्रिय सम्मेलनमा सहभागी हुन प्रतिनिधि पर्यवेक्षकको छनोट गर्ने जानकारी दिए ।
नेकपा माओवादी केन्द्रको भ्रातृ सङ्गठन वाईसीएल नेपाल केन्द्रको तेस्रो सम्मेलन आगामी जेठ १७, १८ र १९ गते हुँदैछ ।