सुर्खेत। कक्षा ११ र १२ का परीक्षार्थीहरूको लागि पुराना आंशिक र ग्रेडवृद्धि परीक्षाको समय तालिका संशोधन गरेको छ। यस अघि वैशाख २६ गतेबाट सुरु हुने भनिएको परीक्षाको मिती संशोधन गरिएको हो।
राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयले कक्षा ११ को परीक्षा जेठ १३ गतेबाट सञ्चान गर्ने जनाएको छ । भने १२ को परिक्षा जेठ ४ गतेबाट सुरु गर्ने गरि संशोधन गरेको हो ।
बोर्डले सुचना जारी गर्दै परीक्षार्थीहरूको लागि पुराना आंशिक र ग्रेडवृद्धि परीक्षाको समय तालिका संशोधन गरेको छ । कार्यालय ले साधारणतर्फ रजिष्ट्रेशन नम्बरमा सुरुका दुई अंक ५६ देखि ७७ हुने र प्राविधिकतर्फ सुरुका दुई अंक ७३ देखि ७८ हुने परीक्षार्थीहरूको परीक्षा तालिका संशोधन गरेको छ । यो तालिका अनुसार साधारणतर्फ पुराना आंशिक तथा ग्रेडवृद्ध र प्राविधिक तर्फ आंशिकको परीक्षा हुन लागेको हो ।
११ को परीक्षा आगामी जेठ १३ गतेदेखि सुरु भएर जेठ २१ गते सकिने छ । भने १२ को परीक्षा जेठ ४ गतेदेखि सुरु भएर जेठ १२ गते सकिने छ । परीक्षा बिहान ७ बजेदेखि १० बजेसम्म सञ्चालन हुनेछ ।