सुर्खेत। मध्यपश्चिम विश्वविद्यालय, ग्य्राजुएट स्कुल अफ ह्युमानिटिज एण्ड सोसल साइन्सेस अन्तर्गत एमफिल- पीएचडीको प्रवेश परीक्षा सम्पन्न भएको छ। ४० जनाले आवेदन दर्ता गरे पनि ३६ जना प्रवेश परीक्षामा सहभागी भएका छन् ।
पहिलो पटक ११ वटा विषयहरुमा MPhil Leading to PhD कार्यक्रमको भर्ना खुलेको थियो। उक्त भर्नाका लागि २०८१ चैत्र २७ गते परीक्षा आवेदन फाराम खुला गरिएको थियो ।विश्वविद्यालयमा विद्यावारिधी सम्मको शिक्षामा सहभागी हुन पाउदा सबै परिक्षार्थीहरु खुसी भएका छन् भने प्रवेश परीक्षा सौहार्दपूर्वक सम्पन्न भएको विश्वविद्यालय स्रोतले बताएको छ।
कर्णाली प्रदेशको राजधानी सुर्खेतमा यस प्रकारका अनुसन्धानमुलक शैक्षिक कार्यक्रम सञ्चालन हुन लाग्दा यस क्षेत्रका जनताहरु, नागरिक समाज र शिक्षाप्रेमीहरु हर्षित भएका र शैक्षिक एवम् अनुसन्धानमूलक कार्यहरु प्रारम्भ हुँदा विश्वविद्यालयको प्राज्ञिक उचाईमा समेत वृद्धि भएको विश्वविद्यालयको दावि छ।