सुर्खेत । कर्णाली प्रदेश सरकारले तीनवटा विधेयक प्रदेशसभामा पेस गर्ने निर्णय गरेको छ। मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय वीरेन्द्रनगर, सुर्खेतमा आज बसेको बैठकले उक्त निर्णय गरेको हो ।
२०८१ चैत्र ११ गतेको पत्रबमोजिम कर्णाली प्रदेशसभामा दर्ता भएको ‘कर्णाली प्रदेश सशर्त अनुदानसम्बन्धी कार्यविधि, २०८२’ सभामा पेस गर्न स्वीकृत प्रदान गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विनोदकुमार शाहले जानकारी दिए । त्यस्तै, ‘स्थानीय सेवा (गठन तथा सञ्चालन) ऐन, २०८१ लाई संशोधन गर्न बनेको विधेयक’ पेस गर्ने निर्णय गरेको हो ।
भने, ‘कर्णाली प्रदेश जीवनाशक विषादी व्यवस्थापन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८१’ प्रशासन तथा विधेयक समितिबाट प्राप्त परिमार्जनसहितको विधेयक प्रदेशसभामा पेस गर्न उक्त बैठकले स्वीकृति प्रदान गरेको प्रवक्ता शाहले बताए ।
प्रदेश सभाको बैठक तथा बजेट अधिवेशन वैशाख २८ गते आईतबार बस्दैछ।