१० औ राष्ट्रिय पत्रकारीता दिवस विभिन्न कार्यक्रम गरि मनाईयो

सुर्खेत । आज ‘१०औं राष्ट्रिय पत्रकारिता दिवस’ मनाईएको छ । ‘विश्वसनीय सूचनाको आधार : जवाफदेही पत्रकारिता र सुरक्षित पत्रकार’ भन्ने नारा साथ कार्यक्रम मनाएको हो।

वि.स १९५८ वैशाख २४ गतेदेखि साप्ताहिक रुपमा गोरखापत्रको प्रकाशन शुरू भएको थियो । त्यसै दिनको अवसर पारेर सरकारले २०७३ सालमा हरेक वर्ष वैशाख २४ लाई राष्ट्रिय पत्रकारिता दिवस मनाउन मान्यता दिएको हो ।

देशै भरि दिवसको अवसर पारी विभिन्न कार्यक्रम गर्दै आएको पाईन्छ। प्रत्येक बर्ष विभिन्न विधामा पत्रकारीता पुरस्कार वितरण समेत गर्दै आएका छन्।

यो वर्षका लागि वरिष्ठ पत्रकारबाट नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष विपुल पोखरेल र प्रेस चौतारी नेपालका निवर्तमान अध्यक्ष गणेश बस्नेत सम्मानित भएका छन् । सञ्चार मन्त्रालयले गठन गरेको छनौट समितिले पोखरेल र बस्नेतलाई दिने निर्णय गरेको हो ।

त्यस्तै राष्ट्रिय पत्रकारिता पुरस्कारबाट यसपटक विमल गौतम, लोग्सरी कुँवर, दिपेन्द्र वान्तवा, दिपेन्द्र श्रेष्ठ, डिल्लीराम खतिवडा, सागर पण्डितलगायत पुरस्कृत भएका छन् ।