सुर्खेत । अन्तर विद्यालय स्तरिय अन्डर १६ क्रिकेट प्रतियोगिता हुने भएको छ। वीरेन्द्रनगरमा रहेका सामुदायिक तथा नीजि गरि १२ विद्यालयबीच प्रतियोगिता हुन लागेको हो।
क्रिकेट संघ सुर्खेतको आयोजनामा उक्त प्रतियोगिता हुन लागेको हो। वीरेन्द्रनगरमा निर्मित कालिन्चोक क्रिकेट मैदानमा वैशाख २३ बाट २९ गते सम्म सञ्चालन हुदैछ।
संघले पत्रकार सम्मेलन गर्दै कार्यक्रमको जानकारी दिएको थियो। वीरेन्द्रनगरमा धेरै विद्यालय भएपनि प्रतियोगिता खर्चिलो भएकाले सबैले सहभागी जनाउन नसकेको सम्मेलनमा जानकारी दिएका थिए। एसियन क्रिकेट परिषदले गर्न लागेको पुरुष अन्डर -१६ East zone cup 2025 लाई मध्येनजर गर्दै कार्यक्रमको आयोजना गरेको उल्लेख गरे।
लिग चरणमा सञ्चालन हुन लागेको खेलमा जम्मा १५ वटा खेल हुने छन्। जसमा प्रथम हुनेलाई ५१ हजार १ सय ११ र दृतिय लाई २५ हजार १ सय ११ रुपैया राशी र मेडल सहित प्रमाण पत्र वितरण गरिने आयोजकले बताएको छ। भने खेल अवधि भर राम्रो ब्याड गर्ने, विकेट लिने लगायतलाई पुरस्कृत गर्ने उल्लेख छ । प्रतियोगिता जिल्ला हुँदै प्रदेश तह सम्म पनि सञ्चालन गरिने बताएका छन्।