सिमकोट गाउँपालिकाको अर्धवार्षिक समीक्षा तथा सार्वजनिक सुनुवाई वैशाख २४ गते

सिमकोट। सिमकोट गाउँपालिकाले अर्धवार्षिक समीक्षा तथा सार्वजनिक सुनुवाई कार्यक्रम गर्ने भएको छ। जिल्ला समन्वय समितिको सभाहलमा वैशाख २४ गते उक्त कार्यक्रम गर्न लागेको हो।

आर्थिक बर्ष २०८१/०८२ को अहिले सम्म भए गरेका कामको जानकारी दिन कार्यक्रम गर्ने भन्दै आईतबार सुचना निकालेको छ। सोही कार्यक्रममा उपस्थितिका लागि गाउँपालिका भित्रका सम्पुर्ण राजनैतिक दलका प्रतिनिधि, ८ वटै वडाका बासिन्दाहरु, विभिन्न कार्यालयका कर्मचारी, नागरीक समाज, पत्रकारलाई सोही कार्यक्रममा उपस्थितिका लागि अनुरोध गरेको सुचनामा उल्लेख छ।

आ.व २०८२/०८३ लाग्न करिब २ महिना मात्र वाकी रहदा गाउँपालिकाले अघिल्लो आ.वको अर्धवार्षिक समीक्षा मिति तोकेको छ।