कर्णाली प्रदेश सरकारले वैशाख २८ गते बाट बजेट अधिवेशन सुरु गर्दै

सुर्खेत । कर्णाली प्रदेश सरकारले बजेट अधिवेशन वैशाख २८ गतेबाट सुरु गर्ने भएको छ । आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले प्रदेश प्रमुख यज्ञराज जोशी समक्ष उक्त सिफारिस गर्ने निर्णय गरेको हो ।

उक्त अधिवेशनबाट आगामी वर्षको नीति, कार्यक्रम तथा बजेट पारित हुनेछ । त्यसैका लागि प्रदेश सरकारले नीति तथा कार्यक्रम निर्माणलाई तीव्रता दिइ रहेको छ । प्रदेश सभा दोस्रो कार्यकालको पाँचौँ अधिवेशन २०८१ चैत्र  १८ गते अन्त्य भएको थियो ।