सुर्खेत । कक्षा १२ परीक्षा भोलिदेखि देशभर एकैसाथ सुरु हुँदै छ । बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुने परीक्षा जेठ २ गते सम्पन्न हुनेछ ।
यसवर्ष परीक्षामा नियमिततर्फ १ लाख ९८ हजार ८ सय ७५ छात्र , १ लाख ९७ हजार १३ जना छात्रा र २० अन्य गरी ३ लाख ९५ हजार ९ सय ८ परीक्षार्थीहरु सहभागी हुने भएका छन् । त्यस्तै आशिंकतर्फ १ लाख १५ हजार ६ सय १७ विद्यार्थी सहभागी हुने भएका छन् ।
देशभरका ५ हजार २ सय २ विद्यालयका ५ लाख ११ हजार ५ सय २५ विद्यार्थी कक्षा १२ को परीक्षामा सहभागी हुनेछन् । परीक्षाका लागि बोर्डले देशभर १ हजार ५ सय ९० र देशबाहिर जापानमा १ गरि कूल १ हजार ५ सय ९१ परीक्षा केन्द्रमा निर्धारण गरेको विज्ञप्तिमा उल्लेख छ। सबैभन्दा बढी काठमाडौँमा १ सय ६२ केन्द्र हुदा ६८ हजार १ सय ३३ परीक्षार्थी र मनाङ/ मुस्ताङमा १/१ वटा परीक्षा केन्द्र हुदा सबैभन्दा कम मनाङमा ४५ परीक्षार्थी सहभागी हुनेछन्।
परीक्षा सञ्चालनका लागि केन्द्राध्यक्ष, सहायक केन्द्राध्यक्ष, निरीक्षक, कर्मचारी, कार्यालय सहयोगी गरी २९ हजार १ सय २९ जनशक्ति र १९ हजार ८० जना प्रहरी परिचालन हुने भएका छन् । परीक्षाका लागि आवश्यक पर्ने उत्तरपुस्तिका लगायतका सामग्री परीक्षा केन्द्रहरुमा पुर्याउने कार्य सम्पन्न गरिसकेको छ भने यसवर्ष पनि प्रश्नपत्र अनलाइनबाट पठाइने भएको छ । परीक्षा सुरु हुनुभन्दा आधा घण्टा अगाडि बोर्डको पद्धतिबाट प्रश्नपत्र पठाईने छ। उक्त प्रश्नपत्रको डाउनलोड परीक्षा केन्द्रले युजर आईडि बाट लगईन गरि केन्द्राध्यक्षको मोबाईलमा प्राप्त ओटिपिबाट मात्र गर्न सकिने उल्लेख छ।
कर्णालीका कुन जिल्लाबाट कति विद्यार्थी ?
यस बर्ष कर्णाली प्रदेशबाट परीक्षामा नियमितर्फ २७ हजार ७ सय ५८ र आशिंकतर्फ ११ हजार १ सय ३० गरि ३८ हजार ८ सय ८८ परीक्षार्थी सहभागी हुदैछन्। भने १ सय ३४ वटा परीक्षा केन्द्र रहेको छन्।
जसमध्ये सुर्खेतका ३० केन्द्रमा ७ हजार ३ सय ५२ नियमित र ४ हजार १ सय ५३ आशिंक गरि ११ हजार ५ सय ५ परीक्षार्थी सहभागी हुने भएका छन्। दैलेख का १९ केन्द्रमा ३ हजार ४ सय ९९ नियमित २ हजार २ सय ७१ आशिंक गरि ५ हजार ७ सय ७० परिक्षार्थी, जाजरकोट का १८ केन्द्रमा ३ हजार ९ सय ३१ नियमित ९ सय ८२ आशिंक गरि ४ हजार ९ सय १३ र डोल्पाका ४ केन्द्रमा ५ सय ४२ नियमित र १ सय २६ आशिंक गरि ६ सय ६८ परीक्षर्थी सहभागी हुने भएका छन्।
त्यस्तै जुम्लाका ९ केन्द्रमा १ हजार ८ सय ७४ नियमित ७ सय ४ आशिंक गरी २ हजार ५ सय ७८ , कालिकोटका १२ केन्द्रमा २ हजार ७ सय ९५ नियमित १ हजार २ सय ४२ आशिंक गरि ४ हजार ३७ , मुगुका ६ केन्द्रमा ८ सय २४ नियमित २ सय ७३ आशिंक गरि १ हजार ९७ र हुम्लाका ५ केन्द्रमा ५ सय ७९ नियमित ३ सय १७ आशिंक गरि ८ सय ९६ परीक्षार्थी सहभागी हुदैछन् । भने रुकुम पश्चिमाका १५ केन्द्रमा ३ हजार १ सय १६ नियमित र ५ सय ४८ आशिंक गरि ३ हजार ६ सय ६४ र सल्यानका १६ केन्द्रमा ३ हजार २ सय ४६ नियमित ५ सय १४ १२ आशिंक गरि ३ हजार ७ सय ६० परीक्षार्थी ले सहभागी जनाउने भएका छन्।
हुम्लाको कुन परीक्षाकेन्द्रबाट कति विद्यार्थी ?
हुम्लाबाट यस बर्ष ८ सय ९६ जना परीक्षार्थी सहभागी हुदैछन्। जसमा ५ सय ७९ नियमिततर्फ र ३ सय १७ आशिंकतर्फका परिक्षार्थी छन्। ५ वटा परीक्षा केन्द्रमध्ये मानसरोवर माध्यमिक विद्यालयमा १ सय ८ , सीता माविमा ६१ र हिमज्योति माविमा २ सय २ जना परीक्षार्थी सहभागी हुदैछन्।
यस्तै, सुर्योदय माविमा ७३ र धर्मोदय माविमा १ सय ४६ जना परीक्षार्थी रहेको जिल्ला शिक्षा समन्वय ईकाई निमित्त प्रमुख योगेश आले मगरले बताए ।
मानसरोवर मावि केन्द्रमा अमर ब शाही, सीता माविमा दिपेश राय, हिमज्योति माविमा जय ब धामी, सुर्योदय माविमा टंकध्वज खत्री र धर्मोदय माविका लागि गंगदत्त जैसीलाई केन्द्राध्यक्ष तोकिएको नि प्रमुख मगरले बताए।