काठमाडौं । नेपाल विद्यालय कर्मचारी परिषद् ले आन्दोलनको मिति घोषणा गरेको छ । परिषदले शुक्रबार पत्रकार सम्मेलन गर्दै विभिन्न चरणका आन्दोलनको कार्यक्रम घोषणा गरेको हो ।
बब्बन मिश्रको संयोजकत्वमा १५ सदस्यीय आन्दोलन परिचालन कमिटी गठन गरेका छन्। परिषद्ले वैशाख २१ देखि सञ्चालन हुने १२ कक्षाको परीक्षमा कालोपट्टी बाँधेर काम गर्ने विक्षप्तिमा उल्लेख छ । साथै अब आन्दोलनको मुख्य माग शिक्षक र कर्मचारीबीचको विभेद अन्त्य गराउनका लागि हुने परिषदले जनाएको छ ।
यस अघि परिषद्ले नेपाल शिक्षक महासंघ सँगै आन्दोलनमा सहभागि भएका थिए । नेपाल सरकार र महासंघबीच बैशाख १७ गते सम्झौता भएसँगै आन्दोलन फिर्ता लिएर नियमित काममा फर्कने जनाएको थियो । तर नेपाल शिक्षक महासंघले रहस्मय ढंगले सरकारसँग सम्झौता गरेर विद्यालय कर्मचारी, राहत, बाल विकासलगायतका कोटाका कर्मचारी शिक्षकलाई अलपत्र पारेको जिकिर गर्दै परिषद्ले प्रथम चरणको आन्दोलन घोषणा गरेको उल्लेख छ। अबको आन्दोलन शिक्षक महासंघविरुद्ध रहने समेत परिषदले बताएको छ।