राष्ट्रपतिले संघिय संसद्का दुवै सदनको बैठकलाई सम्बोधन गर्ने

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार आज सङ्घीय संसद्का दुवै सदनको बैठकलाई सम्बोधन गर्ने भएका छन् । राष्ट्रपति पौडेलले अपरान्ह ३ बजे उक्त सम्बोधन गर्ने भएका हुन्।

यस्तै, प्रतिनिधि सभाको बैठक पनि आजै ५ बजे बस्ने भएको छ। उक्त बैठकमा प्रधानमन्त्री तथा मन्त्री परिषद् कार्यालयको पत्र सभामुखले पढेर सुनाउने कार्यसुची रहेको छ। प्रधानमन्त्रीले राष्ट्रपतिबाट भएको सम्बोधनलाई टेबल गर्ने छन् भने सभामुखले राष्ट्रपतिको सम्बोधनलाई धन्यवाद दिने दैनिक कार्यसूचिमा उल्लेख गरिएको छ।

उता, राष्ट्रिय सभाको बैठक पनि ५:१५ बजे बस्ने भएको छ। बैठकमा राष्ट्रपतिको सम्बोधनलाई प्रधानमन्त्रीले टेबल गर्ने छन् भने अध्यक्षले राष्ट्रपतिको सम्बोधनलाई धन्यवाद दिने उल्लेख छ ।