हुम्लाका सामुदायिक विद्यालयमा शुक्रबार देखि पठनपाठन सुरु हुने

सिमकोट । हुम्लाका सम्पुर्ण सामुदायिक विद्यालयहरुमा शुक्रबारबाट पठनपाठन सुरु हुने भएको छ। नेपाल शिक्षक महासंघ अन्तर्गत गठित आन्दोलन परिचालन समिति, हुम्लाको बिहीबार बसेको बैठकले सोही निर्णय गरेको हो।

नेपाल सरकार र शिक्षक महासंघबीच बुधवार ९ बुदे सहमति भएसँगै आन्दोलनका सम्पूर्ण कार्यक्रम स्थगित गर्दै नियमित विद्यालय सञ्चालन गर्न परिपत्र गरिएको थियो। सोही अनुरुप आन्दोलन परिचालन समिति, हुम्लाको विहिवार बसेको वैठकले विभिन्न ४ वटा निर्णय गरेको छ।

जसमा आन्दोलनका कारण २३ दिन शिक्षण सिकाई क्रियाकलापमा बाधा परेकाले त्यसको पुर्तिका लागि सार्वजनिक तथा चाडपर्व बिदाका १४ दिन र हिउँदे बिदाका ९ दिन कटौती गरि २३ दिन नै पठनपाठन गर्ने निर्णय गरेका छन् । भने नेपाल सरकार , जिल्ला देखि काठमाडौंको आन्दोलनमा सहभागी सम्पूर्ण शिक्षक र आन्दोलनमा एक्यवद्धता जनाउने सम्पूर्ण राजनैतिक दल, नागरिक समाज पत्रकार लगायतलाई धन्यवाद दिने निर्णय पनि गरेको छ।

         

त्यसैगरी पालिका, जिल्ला देखि काठमाडौंको आन्दोलनमा सक्रिय सहभागी शिक्षक तथा विद्यालय कर्मचारी हाजिरी प्रत्येक विद्यालय र गाउँपालिकाका शिक्षा शाखामा पठाउने निर्णय गरेको छ। आन्दोलन परिचालन समितिको सह संयोजक मधु बस्नेत शाहीको अध्यक्षतामा बसेको वैठकमा ५० भन्दा बढी शिक्षकको सहभागिता रहेको थियो।