काठमाडौं । सरकार र नेपाल शिक्षक महासंघबीच भएको सहमतिप्रति नेपाल विद्यालय कर्मचारी परिषद्ले असन्तुष्टि जनाएको छ । आज परिषद्ले एक विज्ञप्ति जारी गर्दै उक्त सम्झौतामा असहमति जनाएको हो ।
महासंघद्वारा जारी दोस्रो चरणको सडक आन्दोलन २९ औँ दिनपछि हिजाे सरकार र नेपाल शिक्षक महासंघबीच भएको सहमतिपछि आन्दोलन फिर्ता लिने निर्णय गरेको थियो ।
फिर्ता गरिएको आन्दोलनको कार्यक्रमको विषयमा पूर्णरूपमा असहमति रहेको जनाउँदै परिषद्को संस्थागत धारणा बाहेकको सहमतिको भर्सना गरेको छ । साथै थप कार्यक्रम समीक्षा बैठक पश्चात् कार्यक्रमहरु सार्वजनिक गरिने जनाएको छ ।