महाबौद्द मावि याल्वाङले माग्यो ३ विषयका ४ जना शिक्षक

हुम्ला । महाबौद्द माध्यमिक विद्यालय याल्वाङ, हुम्लाले माध्यमिक तहका लागि शिक्षकको दरखास्त आह्वान गरेको छ । विहिवार सूचना जारी गर्दै विद्यालयले माध्यमिक तह, तृतिय श्रेणीका संघिय अनुदान कोटामा ३ जना शिक्षकको लागि दरखास्त आह्वान गरेको हो।

विद्यालयले अंग्रेजीमा १ जना , गणितमा १ र विज्ञान विषयमा १ जनाको लागि दरखास्त आह्वान गरेको हो । ईच्छुक व्यत्तिहरुले दरखस्त १५ दिन भित्र दिइसक्नु पर्ने छ भने योग्यता पुगेका उम्मेदवारले उक्त विद्यालय परिवारलाई सम्पर्क गरेर फर्म भर्न सकिनेछ।

यस्तै, सोही विद्यालय र हिमाली बालसमाजको सझौता अनुसार निम्न माध्यमिक तह, तृतिय श्रेणीका शिक्षकको लागि दरखास्त आह्वान गरेको छ। अङ्ग्रेजी विषयको लागि दोस्रो पटक सम्म पनि कसैको आवेदन नपर्दा यो तेस्रो पटकका लागि पुन विहिवार सूचना जारी गरेको छ ।