सिमकोट। नेपाल महिला संघ सिमकोट गाउँपालिकाको प्रथम अधिवेशन सम्पन्न भएको छ। अधिवेशनले अम्बिका शाहीलाई अध्यक्षमा चयन गरेको हो।
बुधबार संघको सिमकोटमा सम्पन्न अधिवेशनबाट शाहीको नेतृत्वमा २५ सदस्यीय कार्यसमिति चयन गरिएको हो। नवगठित कार्यसमितिको उपाध्यक्षमा दिपा बोहरा र हाँसु सुनार, सचिवमा विनकला शाही र कुसुम लामा सर्वसम्मत भएका छन्। भने सहसचिवमा बाचकली कामी र कोषाध्यक्षमा शोभा रोकाया सर्वसम्मत चयन भएका हुन् ।
कार्यक्रममा काँँग्रेस जिल्ला कोषाध्यक्ष बबिता शाही, महासमिति सदस्य रिता लामा, सिमकोट गाउँपालिकाकी उपाध्यक्ष शुशिला रोकाया, नाम्खा गाउँपालिकाका उपाध्यक्ष तकदिर लामा, शिक्षक महाासंघका उपमहासचिव कालीबहादुर शाही, प्रदेश अधिबेशन प्रतिनिधि लगाएतका उपस्थिति रहेको थियो ।
उक्त संघ काङ्ग्रेस सँग सम्बद्ध भातृ संगठन हो।