एम.फिल. लिडिङ टु पि.एच.डी. कार्यक्रम सम्बन्धी कार्यशाला सम्पन्न

सुर्खेत । मध्यपश्चिम विश्वविद्यालय ग्र्याजुएट स्कुल अफ एजुकेशन अन्तर्गत एम.फिल. लिडिङ टु पि.एच.डी. कार्यक्रम सम्बन्धी एक दिने कार्यशाला आज सम्पन्न भएको छ ।

विश्वविद्यालयका उपकुलपति प्रा.डा. ध्रुव कुमार गौतमको प्रमुख आतिथ्यता एवं ग्र्याजुएट स्कुल अफ एजुकेशनका डीन प्रा. डा. यमबहादुर कार्कीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको उद्देश्य एम.फिल. लिडिङ टु पि.एच.डी. कार्यक्रमको पाठ्यक्रम सम्बन्धी अवधारणा एवं ढाँचा बारे छलफल गरेका थिए ।

प्रमुख अतिथि एवं उपकुलपति प्रा.डा.गौतमले यस कार्यक्रमले विश्वविद्यालयको शैक्षिक उन्नयन र विकासमा विशेष महत्व राख्ने उल्लेख गर्दै उच्च शिक्षा अध्ययन गर्न चाहने सबैका लागि सुनौलो अवसर प्रदान गर्ने बताएका थिए । त्यस्तै डीन प्रा.डा. कार्कीले उक्त कार्यक्रमको रुपरेखा र पाठ्यक्रम सम्बन्धी प्रस्तुतीकरण गरेका थिए।

कार्यक्रममा विशिष्ट अतिथिका रुपमा मध्यपश्चिम विश्वविद्यालयका पुर्व उपकुलपति प्रा. डा. पदमलाल देवकोटा र विश्वविद्यालयका रजिष्ट्रार प्रा. डा. शोभाखर कँडेलले उक्त पाठ्यक्रम कसरी प्रभावकारी बनाउन सकिन्छ भन्ने बारे महत्वपूर्ण भनाई प्रस्तुत गरेका थिए ।

छलफलका क्रममा, उपस्थित विभिन्न ग्र्याजुएट स्कुलका डीनहरु, कार्यकारी निर्देशकहरु, विश्वविद्यालयका अन्य पदाधिकारी एवं प्राध्यापकहरुले समग्र एम.फिल. लिडिङ टु पि.एच.डी. कार्यक्रम र सोको पाठ्यक्रम सम्बन्धी महत्वपूर्ण विचार एवं सुझाव प्रदान गरेका थिए भने कार्यक्रमको संचालन उप-प्राध्यापक भिम रोकायाले गरेका थिए ।