राष्ट्रिय लेखक दिवसको अवसरमा खुल्ला कविता बाचन सम्पन्न

सिमकोट। तेेस्रो राष्ट्रिय लेखक दिवसको अवसरमा खुल्ला कविता वाचन कार्यक्रम सम्पन्न भएको छ । नेपाली लेखक संघ हुम्लाको आयोजनामा सिमकोटस्थित ‘मानसरोवर होटल’मा उक्त कार्यक्रम भएको हो।

सोही कार्यक्रममा शिक्षक,विद्यार्थी, नागरीक समाज, पत्रकार, जिल्लास्थित राजनैतिक दल, विभिन्न संघ संस्थाका प्रमुखहरुको उपस्थितिमा विभिन्न व्यक्तिहरुले कविता वाचन गरेका थिए । उक्त कविता बाचन गर्ने व्यक्तिहरुलाई सम्मानपत्र समेत वितरण गरेको छ।

वि.सं. १९८७ मा सरस्वती गुठी नामक सामाजिक संस्था स्थापना गरी त्यसमार्फत पुस्तकालय सञ्चालन गर्ने उद्देश्यले ४५ जना कवि तथा लेखक एवं बुद्धिजीवीहरूले हस्ताक्षर गरी श्री ३ भीम शमशेरसमक्ष निवेदन पेस गर्दा श्री ३ महाराजले निवेदनमा हस्ताक्षर गर्ने सबै युवाहरूलाई दरबारमा बोलाउन लगाई दण्डित गरेको दिन (वैशाख १६) लाई राष्ट्रिय लेखक दिवस मनाउन लागिएको हो । यस दिनलाई नेपालको इतिहासमा पुस्तकालय पर्वका रूपमा पनि चिनिन्छ । यहि दिनलाई पारी वैशाख १६ गतेलाई लेखक दिवसको रुपमा मनाउदै आएका छन्।

लेखक संघ हुम्लाकी अध्यक्ष मधु बस्नेत शाहीको अध्यक्षमा सञ्चालन भएको कार्यक्रमको प्रमुख अतिथि जिल्ला समन्वय समिति हुम्लाका प्रमुख शिवराज शर्माको रहेको थियो । भने कार्यक्रममा सिमकोट गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत बर्ख फडेरा, एमाले जिल्ला उपाध्यक्ष प्रकाश ब शाही, माओवादी जिल्ला सचिव धर्मराज बोहरा, काङ्ग्रेस जिल्ला का. सभापति कैलाश भण्डारी लगायतको उपस्थिति रहेको थियो।