सिमकोट । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय हुम्लाले तेल बितरण गरेको छ। आज देखि तोरी, भटमास र सुर्यमुखी तेल सर्वसाधारणलाई बिक्री वितरण गरेको हो।
तोरी प्रति कार्टुन २ हजार ३ सय ५० रुपैयाँ , सुर्यमुखी २ हजार ४ सय ५० र भटमास २ हजार ४ सय रुपैँयामा बिक्रि गरेको कार्यालय प्रमुख कृष्ण बहादुर थापा मगरले बताए।
उक्त कार्यालयमा ३ थरिका ९ सय ५० वटा कार्टुनहरु उपलब्ध रहेको प्रमुख मगरले जानकारी दिए। जसमा तोरी ५०, सुर्यमुखी ४ सय ५० र भटमास ४ सय ५० कार्टुन रहेका थिए। यी मध्ये तोरी १० कार्टुन, सुर्यमुखी ४० कार्टुन र भटमास ५ कार्टुन आज बिक्रि भैसकेको मगरले जानकारी दिए। विहान १० बजे देखि वेलुका ५ बजे सम्म वितरण गर्ने तेल भोलि पनि निरन्तरता दिने बताए।
यस कार्यालयबाट विभिन्न थरीका चामल र चिनिको पनि विक्रि वितरण गर्दै आएको छ। भने रैथाने बालीको सङ्कलन गरि देशका ठुला ठुला सहरहरुमा पठाउने काम समेत गर्दछ।