सुत्केरी व्यथा लागेकी १७ बर्षिया बोहराको हेलिकप्टरबाट उद्वार

हुम्ला। हुम्लाकी एक गर्भवती महिलाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ । जिल्लाको सिमकोट गाउँपालिका-२ ठेहेकी १७ वर्षीया पुष्पा बोहरा को नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको हो ।

गर्भवती रहेकी बोहरालाई आईतबारबाट एक्कासी उच्च रक्तस्राप भएपछि ठेहे स्वास्थ्य चौकी ल्याएको र राति नै जिल्ला अस्पताल सिमकोटमा रिफर गरेको थियो। गर्भवती भएको ९ महिना नपुगेको र पेटमा बच्चा उल्टो बसेका कारण जिल्ला अस्पताल मा उपचार हुन नसक्ने भन्दै नेपाली सेनाको हेलिकोप्टरबाट उद्वार गरि प्रदेश अस्पताल कालागाउँ, सुर्खेत रिफर गरिएको स्वास्थ्य सेवा कार्यालयका सिनियर अनमी सरिता बोहराले बताईन ।

जिल्ला अस्पतालको सिफारिसमा सिमकोट गाउँपालिका, स्वास्थ्य सेवा कार्यालय र जिल्ला प्रशासन कार्यालयको समन्वयमा राष्ट्रपति महिला उत्थान कार्यक्रमबाट उद्धार भएको हो ।हेलिकोप्टरमा उद्धार गरी सुर्खेत पुर्याए लगत्तै उनको प्रदेश अस्पतालमा उपचार भईरहेको छ ।

चालु आर्थिक वर्षको साउन महिनायता हुम्लाबाट पुष्पासहित ६ जना गर्भवती तथा सुत्केरी महिलाको हेलिकोप्टरबाट उद्धार गरिएको स्वास्थ्य सेवा कार्यालयका अनमी बोहराले बताईन ।