सुर्खेत । नेपाल पत्रकार महासंघ सुर्खेत शाखाले सोमबार निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ । शाखाको ३४ औँ स्थापना दिवसका अवसरमा उक्त शिविर सञ्चालन गरेको हो।
महासंघको आयोजना र प्रदेश अस्पताल कालागाउँ सुर्खेतको प्राविधिक सहयोगमा पत्रकारहरूको स्वास्थ्य परीक्षण शिविर सम्पन्न भएको छ । शिविरमा जनरल जाँच, आँखा, दाँत साथै सुगर, प्रेसर, मुटु, मिर्गौला, पाठेघरको मुखको क्यान्सर परीक्षण, कलेजोसँग सम्बन्धित रोगहरूको परीक्षण गरिएको थियो। सुर्खेतमा उपलब्ध विभिन्न जिल्लाका ७० भन्दा बढी पत्रकारले स्वास्थ्य जाँच गराएको छन् ।
शिविरमा इन्टरनल मेडिसियन कन्सल्टेन्ट फिजिसियन डा. खेम नारायण चालिसे, नेत्ररोग विशेषज्ञ डा. शक्ति सुवेदी, दन्त रोग विशेषज्ञ डा. पूर्ण पौडेल, वरिष्ठ ल्याब टेक्निसियन निरीक्षक भरत देवकोटा, ल्याब टेक्निसियनहरू विमला रावत, विकास गिरी, डिलमाया सोमै, अञ्जली बिक र अफ्थफाल्मिक असिस्टेण्ट आरूसा केसीले सेवा दिएका थिए ।
महासंघले स्थापना दिवसको अवसरमा ३ दिने कार्यक्रम तय गरेको थियो । जसको पहिलो दिन आईतबार उद्योग वाणिज्य संघ सुर्खेत र पत्रकार महासंघबीच मैत्रीपूर्ण फुटबलमा ४/४ गोलको वरावरीमा सम्पन्न भएको थियो। भने मंगलबार प्रभातफेरी तथा शुभकामना आदानप्रदानको कार्यक्रमको आयोजना गरिएको छ ।