शिक्षक र प्रहरीबीचको झडपमा परी हुम्लाका ४ शिक्षक घाईते

काठमाडौँ । काठमाडौँको नयाँ बानेश्वरमा शिक्षक र प्रहरीबीच भएको झडपबाट हुम्लाका ४ जना शिक्षक घाइते भएका छन्। २६ औँ दिनको सडक आन्दोलनका क्रममा प्रहरी र शिक्षकबीच झडप भएको हो।

उक्त झडपबाट कैलाश माध्यमिक विद्यालयका मेज ब. बुढा र हिमज्योति माध्यमिक विद्यालयका बक्त थापा घाईते भएका छन्। भने बिहानी प्राथामिक विद्यालयका मिनराज रावत र महाबौद्द माध्यमिक विद्यालयका हिमराज बुढाथोकी घाईते भएको आन्दोलनमा सहभागी मानसरोवर माध्यमिक विद्यालयका प्राध्यापक अमर बहादुर शाहीले जानकारी दिए।

बिजुलीबजार-नयाँबानेश्वर सडक खण्डमा भेला भएर प्रदर्शनमा उत्रिएका शिक्षकहरुले निषेधित क्षेत्र तोडन् खोजेपछि प्रहरीले रोक्न खोज्दा झडप भएको हो। आन्दोलनको क्रममा घाइते भएकाहरुलाई काठमाडौँका विभिन्न अस्पतालमा लगिएको छ।

माइतीघर मण्डलाबाट बिहान ११ बजे विरोध जुलुस सुरु भएको थियो।