हुम्ला। नेकपा (माओवादी केन्द्र) निकट सङ्गठन योङ कम्युनिस्ट लिग नेपाल (वाइसिएल) को तेस्रो जिल्ला सम्मेलन सम्पन्न भएको छ। हुम्लाको मध्ये भाग सर्केगाड गाउँपालिकामा सम्पन्न भेलाको अध्यक्षमा काली बहादुर भण्डारी (जुझारू) सर्वसम्मत निर्वाचीत भएका छन् ।
७१ सदस्यीय जिल्ला कमिटीको अध्यक्षमा भण्डारी, उपाध्यक्षमा औला हमाल र कासी रोकाया निर्वाचित भए। भने सचिवमा दत्त तामाङ, सह सचिवमा लोकेन्द्र विक, राजु बुढा निर्वाचीत भएको माओवादी केन्द्र सर्केगाड गाउँ कमिटी अध्यक्ष छवि थापाले जानकारी दिए ।
उक्त सम्मेलनमा अध्यक्ष थापा, सर्केगाड गाउँपालिका उपाध्यक्ष देवकी तिमल्सिना लगायत नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो।