सिमकोट। अखिल नेपाल खेलकुद महासंघ हुम्लाको प्रथम जिल्ला भेला सम्पन्न भएको छ। भेलाले रामजन रावतलाई अध्यक्षमा चयन गरेको हो।
शनिवार हाई अल्टिच्युट ईन्डोर स्पोर्ट्स सिमकोटमा सम्पन्न भेलाबाट रावतको नेतृत्वमा २७ सदस्यीय कार्यसमिति चयन गरिएको हो। नवगठित कार्यसमितिको उपाध्यक्षमा खुम बहादुर रावल, सचिवमा डिल बहादुर फडेरा चयन भएका छन्। त्यस्तै, सहसचिवमा सुमन नेपाली र कोषाध्यक्षमा विकास सार्की चयन भएका छन्।
कार्यक्रममा नेकपा (माओवादी केन्द्र)का जिल्ला पार्टी सचिव धर्मराज बोहरा (विज्ञान), पार्टीका सिमकोट गाउँपालिका कमिटी अध्यक्ष प्रकाश रावत लगायत पार्टीका विभिन्न संघ संगठनका पदाधिकारीको सहभागी थियो।
उक्त महासंघ माओवादी केन्द्रसँग सम्बद्ध खेलकुद क्षेत्रको भातृ संगठन हो।