अन्तर्राष्ट्रिय सम्मेलनका वक्ता तथा अतिथिहरूको मध्यपश्चिम विश्वविद्यालयमा आगमन हुदै”

सुर्खेत । बैशाख १२ र १३ गते हुन गईरहेको प्रथम अन्तर्राष्ट्रिय सम्मेलन (SHAF 2025) को तयारी अन्तिम चरणमा पुगेको छ। कार्यक्रममा उपस्थित विशिष्ट वक्ता एवं अतिथिहरू मध्यपश्चिम विश्वविद्यालय वीरेन्द्रनगर, सुर्खेतमा आईपुग्ने क्रम अगाडी बढेको छ।

मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा. डा. ध्रुव कुमार गौतम, रजिष्ट्रार प्रा. डा. शोभाखर कँडेल लगायत विश्वविद्यालयका अन्य पदाधिकारीहरुले उनिहरुलाई स्वागत गर्दै भेटघाट तथा छलफल कार्य भईरहेको छ ।

दुई दिने सम्मेलन यसै वैशाख १२ गते मध्यपश्चिम विश्वविद्यालयको केन्द्रीय कार्यालय स्थित कन्फरेन्स हलमा औपचारिक रूपमा सुरु हुदैछ । यस सम्मेलनले शिक्षा, समाज र व्यवसायका क्षेत्रमा नवीन सोच र समाधानहरू प्रस्तुत गर्दै भविष्य निर्माणको दिशामा महत्वपूर्ण बहस र अनुसन्धान प्रस्तुतीकरणको अवसर प्रदान गर्ने लक्ष्य राखेको छ।