काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य प्रतितोला ७ हजार ५०० रुपैयाँले घटेको हो ।
मंगलबार छापावाल सुनको भाउ प्रतितोला ६ हजार ९ सय रुपैयाँले बढेको थियो।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार छापावाल सुनको मूल्य तोलाको एक लाख ९० हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ । भने मङ्गलवार १ लाख ९७ हजार ९०० रुपैयाँ कायम भएको थियो।
यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी एक हजार ९ सय ६५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । मंगलबार चाँदीको भाउ तोलाको १ हजार ९ सय ७० रुपैयाँ रहेको थियो।