कक्षा १२ को परीक्षा १० दिन पछिका लागि सर्यो

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ काे परीक्षा १० दिनका लागि सारेको छ। वैशाख ११ गतेको लागि तोकिएको उक्त परिक्षा वैशाख २१ गतेदेखि गर्ने निर्णय गरेको हो।

२१ दिन देखि शिक्षक महासंघले काठमाडौं केन्द्रित आन्दोलन गरिराखेको छ। जसले गर्दा
विद्यालयका पठनपाठनका साथै भर्ना अभियान प्रभावित बन्न पुगेको थियो । भने उक्त परिक्षा अन्योलमा थियो। यद्यपि बोर्डले निर्धारित समयमा नै परीक्षा गर्ने अडान राखेपनि मंगलबार साँझ परीक्षा सरेको जानकारी दिए ।

शिक्षकहरुले परीक्षामा सामेल नहुने जनाएपछि निजामती कर्मचारीहरुलाई खटाएर परीक्षा सञ्चालन गर्ने अडानमा बोर्ड थियो । तर कर्मचारी ट्रेड युनियनले पनि शिक्षकका माग पूरा गरेर उनीहरुलाई नै परीक्षामा सामेल गराउनुपर्ने भन्दै विरोध जनाएपछि प्रधानमन्त्रि केपी शर्मा ओलीले पनि बोर्डलाई परीक्षा सार्न आग्रह गरेका थिए ।