काठमाडौँ । स्थानीय सेवा कर्मचारी सञ्जालले आन्दोलनका कार्यक्रम घोषणा गरेका छन्। स्थानीय तहमा कार्यरत कर्मचारीहरूको सञ्जालले शनिवार विज्ञप्ति जारी गर्दै आन्दोलनका कार्यक्रम घोषणा गरेको हो।
स्थानिय तहका कर्मचारी र नेपाल सरकारबीच २०८० असोज २७ गते गरेको सम्झौता अहिले सम्म कार्यन्वयन नगर्दा बाध्य भएर दबाबस्वरुप आन्दोलन घोषणा गरेको सञ्जालले जनाएको छ। आन्दोलनका कार्यक्रमअन्तर्गत वैशाख ७ गते ७५३ वटै पालिकाका प्रमुखमार्फत सरोकारवाला निकायको ध्यानाकर्षण गराउने सञ्जालको भनाइ छ।
यस्तै, चैत ८ गते स्थानीय सेवा कर्मचारी सञ्जाल नेपाल केन्द्रीय कार्यसमितिका पदाधिकारीहरु, सदस्यहरु र बागमती प्रदेशका सम्पूर्ण स्थानीय तहका कर्मचारीहरु र उपलब्ध अन्य प्रदेशका स्थानीय तहका कर्मचारीहरु काठमाडौँमा भेला भई दबाबमूलक कार्यक्रम गर्ने र ७५३ वटै स्थानीय तहमा कालोपट्टी बाँधी काम गर्ने विज्ञप्तिमा उल्लेख छ।
भने फागुन ९ गते यथाशीघ्र स्थानीय तहका मागहरु समावेश नगरिए केन्द्रीय समितिको निर्णय बमोजिमकाठमाडौँ केन्द्रित सडक आन्दोलन तथा सम्पूर्ण ७५३ वटै स्थानीय तहमा पेन डाउनका कार्यक्रमहरु गर्ने सञ्जालले जनाएको छ।